गजल

 

मान्छे बिग्रेको लाज नभएर हुन सक्छ

बेहिसाब समय माझ नभएर हुन सक्छ

 

 

कती गाह्रो लाग्छ पर्खाइको पीड़ा

दिन नगएको साँझ नभएर हुन सक्छ

 

 

चराहरू आकाशमा निस्कन्छन् खुल्ला

सायद त्यो बेला बाज नभएर हुन सक्छ

 

 

हात लाग्दैन घाँस डोको भारिन्न त्यसै

खर बारी मा हजूर गाँज नभएर हुन सक्छ

 

 

मान्छे बिग्रेको लाज नभएर हुन सक्छ

बेहिसाब समय माझ नभएर हुन सक्छ

पाठकको प्रतिक्रिया
अन्य गजलहरू