मुख्य पृष्ठ » कविता » पीडाका यामहरु र जिन्दगी

पीडाका यामहरु र जिन्दगी

string(43) "user_uploads/members/489751954532_large.jpg"
लेखक
सरुभक्त
नाम : सरुभक्त
  सरुभक्तका रचनाहरू

मायामन्दिर
ढुङ्गाका मनहरु रोएर
हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं

जिन्दगीका त्रासदी गाथाहरुमा
नरभक्षीहरुको अवतरण छ

पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु
ज्वालामुखी पर्वततिर लागे
जाउँ बसाई सरौं अन्तरक्षतिर
अहिले नेपालमा बस्नु ठीक छैन

वेबसाईटमा थोत्रिएको देश
सभ्यताका जंगलहरु आबाद छन्
आह अहिले हामी हिमाल होइन
हिमालको छायाँ आरोहणमा ब्यस्त छौं

गेलापेगस टापुका बासिन्दाहरु
ब्यर्थ देशका ब्यर्थ सम्बेदना बाँच्दैनन्
किन हामी जिन्दगीको सागरमा
पूरै जीवित छौं ?

जिन्दगीको स्पेक्ट्रम रङहरुले धोका दिन्छन्
नाथे जिन्दगी- जिन्दगीको अर्थ
खोज्दा खोज्दै सकिँदो रहेछ

रछ्याअन्का स्वर्गहरु: कोकशास्त्रीय हेराईहरुमा ठोक्किन्छन्
आह प्रेम -रोस्ट परी झुण्डिएका छन्
जिन्दगीका यौन बजारहरुमा
महाप्रलयाग्नी: गमलाका आयातन बिस्फोटित छन्
ईश्वर धर्ती एउटा छ
किन समस्याहरु धेरै छन् ?

(ईस्वी सम्बत १९७८ बाट साहित्य यात्रा शुरु गरेका पोखरेली साहित्यकार सरुभक्तका अहिलेसम्मा ६० भन्दा बढी कृतिहरु प्रकाशित छन् । पागल बस्ती एउटा उनको प्रयोगात्मक उपन्यास हो जसले सबैको मन जित्न सक्यो र उनलाई मदन पुरस्कार जित्न पनि सफल बनायो । सरुभक्तका तन्नेरी खेती र चूली जस्ता उपन्यासहरु पनि निकै पठनिय मानिन्छन्। पछील्लो समयमा आएर उनले गजल बिधामा पनि हात हालेका छन् । सरुभक्तको मुख्य बिधा भने नाटक नै मानिन्छ । )

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस