मुक्तक

लेखक
भूपी शेरचन
नाम : भूपी शेरचन
  भूपी शेरचनका रचनाहरू

प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ
प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता
बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ

पाठकको प्रतिक्रिया
अन्य मुक्तक हरू