मुक्तक

bool(false)

(१)

सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो
अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो
हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन्
जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो


(२)

जुवा तास होइन माया त्यसको कुनै दाउ हुँदैन
बाजी जिते पनि मायाको ऊ कहिल्यै साहु हुँदैन
हिसाब किताब हुँदैन मायामा घटी र बढीको
अनमोल हुन्छ माया त्यसको कुनै भाऊ हुँदैन


(३)

म त आफ्नो यात्रामा थिएँ हठात रोक्यौ तिमीले
अमूल्य मेरो मायालाई तराजुमा जोख्यौ तिमीले
तिम्रो संघारमा भिक्षा माग्न होइन मुटु दिन आएको थिएँ
दुनियाँले कुल्चने गरी मेरो मुटुलाई पोख्यौ तिमीले

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस