आज
भोलि
पर्सि
गुनगुनाउदै
भाँची औला... दिनहरु गन्दै
यी मेरा अतृप्त नयनहरु
तिम्रो पर्खाइमा
पल पल
तिमी आउँछ्यौ झैँ लाग्ने
ति बाटोहरु
ति गोरेटोहरु
नियाल्नमै ब्यस्त छन्।
हिजो देखि हैन
अस्तिदेखि हैन
धेरै भो,
मन मा ज्वारभाटाहरु चलेको
बुझक्कड बनेर,
नफर्कने तिमीलाई
एकाग्र भै
निस्फिक्री कुरिरहेछु ।
बिहानीको मिर्मिरेमा होस्
या मध्यान्नमा होस्
चाहे सन्ध्या नाघेर आएको
मध्यरातमा किन नहोस
हर प्रहर
भौतारीरहन्छु।
तड्पीरहन्छु ।
झिनो आश बोकेर पर्खिरहन्छु।
साथीहरुको माझमा होस्
परिवारहरुको साथमा होस्
चाहे आफन्तहरु संग किन नहोस
जब छिचोलेर सारा बन्धनहरू
अनि अनौठो आभास संगै
एक्लोपनको आधि चल्छ।
अनि अट्टहास निकाल्न मन लाग्छ।
तिम्रो मधुर मुस्कानको सम्झनामा
अनि बेहद रम्न मन लाग्छ।
तिम्रो रमाइलो साथहरुको सम्झनामा
अनि टोलाउन मन लाग्छ।
तिम्रो निश्छल अनि निर्दोस मुहारको सम्झनामा
अनि बेशुर भै बौलाउन मन लाग्छ।
तिम्रो असिम प्यारको सम्झनामा
अनि उडु उडु लाग्छ।
यी जिर्ण पखेटाहरु लिई
क्षितिज छिचोल्ने गरि
अनि डुबु डुबु झैँ लाग्छ।
यी भाचिएका खुट्टाहरु लिई
समुन्द्रको गहिराई छेड्ने गरि
मात्र तिम्रो खोजीमा
अनि मरु मरु झैँ लाग्छ।
तिम्रो आत्माको खोजीमा
तड्पिएको यो आत्मालाई
बिश्राम दिलाउनको लागि
अनि मनमा सन्नाटा छाउँछ
फेरी पनि दोहोरिरहन्छ।
उही एक्लोपन!!!