गीत

लेखक
आर.आर.चौलागाईं
नाम : आर.आर.चौलागाईं
  आर.आर.चौलागाईंका रचनाहरू

एउटा बाटो थियो बाढीले भत्काइदियो 
एउटा सहयात्री थियो समयले छुटाइदियो 

मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो 
म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो 
एउटा फूल थियो हूरीले चुँडाइदियो 
एउटा सहयात्री थियो समयले छुटाइदियो 

म हाँस्दा हाँस्थ्यो ऊ म रुँदा ऊ पनि रुन्थ्यो 
कहिले जिस्किन्थ्यो ऊ कहिले म सँग रिसाउँथ्यो 
एउटा सपना थियो चट्याङ्ले बिथोलिदियो 
एउटा सहयात्री थियो समयले छुटाइदियो

एउटा बाटो थियो बाढीले भत्काइदियो 
एउटा सहयात्री थियो समयले छुटाइदियो 

हेटौंडा, मकवानपुर

पाठकको प्रतिक्रिया
अन्य गीतहरू