वर्षा

string(43) "user_uploads/members/525329769241_large.jpg"
लेखक
सुरेन्द्र दवाडी
नाम : सुरेन्द्र दवाडी
  सुरेन्द्र दवाडीका रचनाहरू

यो सजलनयनी आकास 
अनि बर्षातका थोपाहरु 
मन्द हावाका बेगहरु संगै 
झर्छन पानीका तालमा 
हजारौ तरङ्गहरु निकाल्दै /

ति सुन्दर तरङ्गहरु 
मेरा मनसम्म आइपुग्छ्न
रोमान्चित अनुभूतिहरु बोकेर 

अनि तिनै बर्षातका थोपाहरु 
बज्रन्छ्न कोमल शिरिषका फूलहरु माथि
सहन नसकी झर्छन
ति फूलहरु सडकभरि निलाम्मे भएर,
अनि कुद्छन भीमकाय बाहनहरु
ति निर्दोस शिरिषका फूलहरु माथि 
क�� ै ! किचिमिची मिचिन्छ्न ति सुन्दर फूल हरु /

त्यसैले,
बर्षात कसरि भनू तिमि सुन्दर छैनौ भनेर !
अनि बर्षात कसरि भनू तिमि सुन्दर छौ भनेर ! 


सिड्नी, अस्ट्रेलिया

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस