मुक्तक

लेखक
सफल घिमिरे
नाम : सफल घिमिरे
  सफल घिमिरेका रचनाहरू



(१) 

रुकुममा वर्ल्ड ट्रेड सेन्टर, हुम्लामा आइफल टावर बनाइन्छ,
जाजरकोटमा स्पेस स्टेसन, अनी जुम्लामा ओसन पार्क खुलाइन्छ
नसोच्नुस् यी सबकुरा सपनामा मात्र पाइन्छ,
यिनलाई विपना बनाउन सिंहदरबारमा युवा चाहिन्छ ।


(२)

नयाँ रिवाज, नयाँ विधान थाल्नु पर्छ नेपाली हो ! 
सुन्दर वनको विष वृक्ष ढाल्नु पर्छ नेपाली हो !
ईश्वरीय बिल्ला भिरी असुर राज्य गर्छ भने,
देउतालाई'नि मन्दिरबाटै फाल्नु पर्छ नेपाली हो !


(३) 

खुसी के भन्नु, नयाँ त्रास आउन बेर छैन,
हाँसो चुट्टिएर बीचमै अट्टहास आउन बेर छैन,
बेइमानी जालीकै हालिमुहाली सहने भने अब नेपाली हो,
दुई चार दिनमै लोकतन्त्रको लास आउन बेर छैन । 

-पोखरा

पाठकको प्रतिक्रिया
अन्य मुक्तक हरू