मुख्य पृष्ठ » कविता » प्रेमीहरु

प्रेमीहरु

string(43) "user_uploads/members/374869528277_large.jpg"
लेखक
भूपिन
नाम : भूपिन
  भूपिन का रचनाहरू

प्रेमीहरु 
सिर्फ सम्मोहीत पुतलीहरु हुन् 
जो प्रत्येक रात 
आफ्नै सपनाहरुको मलामी जान्छन् 
र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी 
मृत्युको तयारी गरिरहन्छन् 
बारम्बार 
आगोको समुन्द्र माथी पौडीरहन्छन् 
दु:खाईका चरम आनन्दहरु लिन्छन् 
सपनासगै डढ्छन् 
र अन्तत :मृत्युवरण गर्छन !

फरक फरक मृत्यु -उत्सव मनाउछन् जीवनभरी 
पुतलीहरु र प्रेमीहरु :
पुतलीहरु 
अन्जानमा मृत्यु -उत्सव मनाईरहन्छन् 
प्रेमीहरु 
जानाजान मृत्यु - उत्सव मनाईरहन्छन् !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस