गजल

खुशी दिने हरेकले पीडाको आँसु नदेख्ने रहेछ !
जस्तो रुमाल बेच्नेले यहाँको आँसु नदेख्ने रहेछ !

तिमीले पीडा बुझेनौ भनेर म गुनासो गर्दै आएँ,
आँखाले आफ्नै आँखाको आँसु नदेख्ने रहेछ !

फुलपाती,अबिरले सधैं अनुहार छोपिरहन्थिन्
भगवान कहिल्यै आमाको आँसु नदेख्ने रहेछ !

सागर नुनिलो छ मात्र भनिरहन्छ यो दुनियाँ
खोला किनारका झुप्राको आँसु नदेख्ने रहेछ !

यतिसम्म उचाइमा रहेछन सबैका आँखाहरु
कोही आफूभन्दा सानाको आँसु नदेख्ने रहेछ !

पाठकको प्रतिक्रिया
अन्य गजलहरू