गजल

bool(false)

हिर्काउनुअघि उसले राख्यो यस्तो बुँदा पनि
एक थोपो आँसु झार्न पाइने छैन रुँदा पनि

 

परदेश छु भन्छौ , पीडाका कहानी सुनाउँछौ
मलाई देशमै नभए झैँ लाग्छ देशमै हुँदा पनि

 

न्यानो कहाँ थियो ! पोल्ने गरीको पो थियो
तिम्रो अँगालो सम्झिएँ मैले आगो छुँदा पनि

 

पखेटा काटिदिएको कुरा प्रकट गर्दै गरेन
ऊ बोल्यो-केही चरा उड्दैनन् उडाउँदा पनि

 

कोही मायाको धारो निरन्तर खसाइदिइरहोस्
जिन्दगीको घैला पूरै रित्तो नहोस् चुहुँदा पनि

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस