मेरै मूल्य सोध्दा पनि मैले मनमा लिएको छैन
के लिनु, जो आज सम्म आफ्नै खुट्टामा उभिएको छैन
एक छिन पर्खनुस् हतार नगर्नुस् हाँस्नलाई
म पछारिन लागेको हुँ पछारिएको छैन
सम्झिन नसकेको बाको अनुहार हो उसले
औंलामा सुनको औंठी थियो बिर्सिएको छैन
बा हेर्नुस् त खान पाइन्छ लेखिएको छ त्यहाँ
थाहा छ बाबु सित्तैंमा पाइन्छ लेखिएको छैन
अरुकै मन राखेर जाने त रहेछ यो जिन्दगी
सियोले आज सम्म आफ्नै घाउ सिएको छैन ।