मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार २०२०

साताको साहित्य पुरस्कार २०२०

bool(false)
 
प्रेस विज्ञप्ति
 
यस वर्षको साताको साहित्य पुरस्कार मनोज बिश्वकर्माको कविता ‘सम्झनाको जंगल’लाई प्रदान गरिने निर्णय गरिएको छ । साताको साहित्य डट कममा अगष्ट २०१९ देखि जुलाई २०२० सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साता अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा शरद पोख्रेलको कविता ‘भाइरस विद्रोह’ र निरज दाहालको कविता ‘म मरे भनेँ’ छानिएका थिए । तत्पश्चात्, निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी)ले बहुमतको आधारमा ‘सम्झनाको जंगल’ कवितालाई चयन गरेका हुन् । लेखकले एक समारोहबीच केही साता पछि पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नुहुने छ । साताको साहित्य पुरस्कारको थालनी नौ बर्ष अघिदेखि गरिएको हो । यस अघि सीता तुम्खेवा, नवीन प्यासी, प्रोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भएका थिए ।
 
 
 
 
निष्प्रभ सजी
सम्पादक
साताकोसाहित्यडटकम
 
३० डिसेम्बर २०२०
 
पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस