गजल

अनुहार हाँस्न दियो मन रुन दिएको छैन

ऐनाले मलाई चरित्र देखाउन दिएकाे छैन

 

लास बनाएर नदीमा फालेकै दिनदेखि

डुङ्गाले धेरैलाई लास हुन दिएकाे छैन

 

जिन्दगी मात्रै रहेछ एउटा यस्तो जागिर

खोसिएपछि कसैलाई पुनः दिएको छैन

 

यो दुनियाँको सचित्र वर्णन गर्न भनियो

हेर्नलाई आँखा छैनन्, छुन दिएको छैन

पाठकको प्रतिक्रिया
अन्य गजलहरू