आयु

bool(false)

मुर्दाघरहरु बनाउनुअघि

घाटहरु तयार पार्नुअघि

चिहानहरु खन्नुअघि

लाश गन्ने कर्मचारीहरु नियुक्त गर्नुअघि

आँधीको बेगसरी आउने

घामका किरणहरुभन्दा छिटो फैलिने

त्यो कुन भाईरस हो ?

सरकार रोकथामको तयारी गर्दैथियो ।

 

खानेकुरा सकिएपनि भोकै नबस्नु

पैसा नभएपनि खान नछोड्नु

मजदुरी गर्न नजानु

रोगप्रतिरोधक क्षमता बढाउनु

साबुनपानीले हात धुनु

घरमै बस्नु !

सरकारले उर्दी जारी गरेकै थियो ।

सरकारको निर्देशन नमानेर घरबाहिर निस्कने

को-हो ?

को-हो त्यो ?

जस्ले सरकारको आलोचना गरिरहेछ !

को-हो त्यो ?

जस्ले आफ्नो आयु बढाउनलाई

सरकारको आयु घटोस् भनिरहेछ !

को-हो त्यो ?

जस्ले सरकारसंग गुहार मागीरहेछ !

को-हो त्यो ?

जस्ले सरकारसंग आश गरिरहेछ !

को-हो त्यो ?

जस्ले कोरोनालाई दोष दिँदै प्राण त्यागीरहेछ !

भोको छु भन्ने को-हो ?

रोग सार्ने को-हो ?

सरकारको बिरोध गर्ने को-हो ?

सरकारले खाद्यान्न र ओषधोपचारको तयारी गर्दैछ ।

 

म सरकारको आलोचना गर्दिन !

म सरकारको बिरोध पनि गर्दिन !

बरु,

यो क्वारेन्टिनभित्रबाट

जूनतारालाई साक्षी राखेर

यो धरतीलाई छोएर

तातोपानी र जाउलो आउनुअघि

सिटामोल र जीबनजल पाउनुअघि

सर्पबाट जोगिएर

झुल्केघामले देख्नुअगावै

सरकारलाई मेरो आयु दान गर्न

तयार छु !

 

सरकारले भब्य तयारी गरोस् ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस