मुख्य पृष्ठ » कविता » म त्यही सिग्रेट थिएँ

म त्यही सिग्रेट थिएँ

bool(false)

म त्यही सिगरेट थिएँ-
जसलाई तिमीले पहिलो पटक सलकाएकी थियौ।

म त्यही सिग्रेट थिएँ -
जसलाई तिमीले जिजीविषाभरी धुकधुकी फुकेर चलमलाएकी थियौ ।

म त्यही सिग्रेट थिएँ-
जसलाई तिमीले सम्हाल्न नजानेर आफ्नै औँला जलाएकी थियौ।

म त्यही सिग्रेट थिएँ -
जसलाई तिमीले केही क्षण ओठमा राखेर छातीभरी
सर्काएकी थियौ

हो म त्यही सिग्रेट थिएँ -
जसलाई तिमीले हरेक पल्ट आफू भित्र सम्मोहित गरेर
बेपर्वाह हावामा उडाएकी थियौ।

मात्र एउटा उत्कन्ठा बाँकी थियो
तिम्रो ओठसम्म पुगेर - चिसिने

तर म त्यही
निभ्न नसकेको सिग्रेट थिएँ-
जसलाई तिमीले अन्तिम सर्को तानेर निभाएकी थियौ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस