गजल

म चाहन्न कसैको उपहारले खेर जानुपरोस्
एक्दिन तिम्रै रुमालले घाँटी कसेर जानुपरोस्

 

कोहीबाट टेकिनै परे पर्स जसरी टेकिन पाऊँ
ता कि फर्कँदा ऊ आफैंले टिपेर जानुपरोस्

 

गाउँको होचो झुपडीमा बा आमा राखेको छु
जहाँ मृत्युुले पस्दा पनि झुकेर जानुपरोस्

 

बनाउनु छ भने दिललाई बिमानस्थल बनाऊ साथी
आउने हाँसेर आउन् जाने रोएर जानुपरोस्

पाठकको प्रतिक्रिया
अन्य गजलहरू