डर

bool(false)

४६ को जनआन्दोलन
बाको काँध चढेर हेरें
धन्न शासकले
देखेन वा हेरेन मलाई

त्यसैले ज्यूँदै छु !

जनयुद्धको तातो
सल्किँदै थियो मेरो छातीमा
त्यही तातोलाई विम्ब बनाएर
सिक्दै थिएँ कविता
धन्न शासकले
बुझेन मेरो कविताको भाषा

त्यसैले ज्यूँदै छु !

पुछारमै सही
पछाडिबाट घेरा हाल्दा शासकले
अग्रभागमै देखिएछु
६२/६३ को जनआन्दोलनमा पनि
धन्न छलिएँ
लट्ठी, बुट र गोलीबाट ।

त्यसैले ज्यूँदै छु !

त्यसपछि आयो ७२
र, हल्लियो म उभिएको भूगोल
ब्युँझदा
कसोकसो ज्यूँदै थिएँ म !

अहिले
दुनियाँलाई थाहै छ-
रोग, भोक र शासकसँग
कस्तरी गरिरहेछु- मुकाबिला
र पनि
ज्यूँदै छु यस लोकमा
र, उभिएको छु तिम्रो अघि ।

तर प्रिय !
किन डराइरहेछु म
तिम्रो मायासँग ?

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस