मुख्य पृष्ठ » कविता » गोठालाहरूको देश

गोठालाहरूको देश

bool(false)

जहाँ
कुल्चिन्छन् किताबहरूले
बाल्यकालमै ।
बच्चाहरुलाई
उसको काँधले थाम्ने भन्दा
गर्हौ झोलाको भारी बोकाईन्छ ।
बोली फुट्न नपाउँदै
कसैले ठूलो भएपछि के बन्छस् भनेर सोध्दा
डाक्टर, इन्जिनियर बन्ने
रेडिमेड उत्तर घोकाइन्छ ।
कहिल्यै भलो नचिताउने छरछिमेकीले पनि
दशैको टिको लगाउदै
सरखारी जागिर खाएस् भनेर
एउटै सदाबहार आर्शिवाद दिन्छन् ।

जहाँ
सानैदखि म खेलाडी बन्छु भन्नेले
बाबुको लात्ती र आमाको लौरी खानुपर्छ ।
अनि
सिसाकलमले
भविष्यको चित्र कोर्न खोज्ने
अवोध हातहरूमाथि
अनगिन्ती प्रश्नहरु उभिन्छन्
बच्चाहरूले घरमा कम
जेल जस्तो विद्यालयमा
बढी समय विताउछन्
पढ्न भन्दा रट्न बढी सिकाइन्छ
थाहा हुदैन बिचरा अवोधलाई
उस्ले घोकेर ल्याएको उच्च अंकले मात्रै
बाँच्न दिदैन जिन्दगीले
हरदिन लिन्छ जिन्दगीले
त्यस्ता थुप्रै परीक्षाहरु
जुन सिकाउँदैन कुनै किताबले
पढाउँदैन कुनै स्वघोषित वरिष्ठ गुरुले
पढाउँदैन कसैले
जिन्दगी त दुख नै हो भनैर
संघर्ष नै हो भनेर
शाष्त्रले हजारौ वर्ष अघि बताएका कुरा
पढाउदैन कुनै विश्वविद्यालयले
जिन्दगी त दुखै रैछ
बाँच्दै गएपछि बोध हुन्छ ।

ऋतुहरु बदलिदै जान्छन्
समय वित्दै जान्छ
विश्वविद्यालयले सबै भन्दा अब्ब्ल ठहर्याएको विद्यार्धी
विज्ञानका प्रयोगशालामा होइन
उनै पुरानै कक्षाकोठाहरूमा
तर फरक भूमिकामा
चक र डस्टर खेलाएर विताउँछ
किनकि उ भित्र रहेको बैज्ञानिक
पहिल्यै मरिसकेको हुन्छ ।

अर्को अब्बल भनिएकोले
तथाकथित प्रतिस्पर्धामा परीक्षा दिएर
छिर्छ सरकारी अड्डामा
र बन्छ केही समयमै
त्यही सरकारी अड्डाजस्तै बन्छ
जस्ले काम थोरै
र घाम बढी तापेर विताँउछ समय
अनि चुस्न थाल्छ देशलाई नै बिस्तारै
र चुसिरहन्छ नमरिन्जेल देशलाई
पेन्सनवाला बनेर ।

अर्काे छिर्छ टाइसुट लगाएर
मालिकका कारखाना भित्र
उसैले बगाएको पसिनाले
र दिमागका नशा खियाएर
गरेको मेहेनतले
साहु दिन दुगुना रात चौगुना
आफ्नो धनको आयातन बढाईरहन्छ
तर उ बिताईरहन्छ
बाहिर टाइसुटले सजिएको
तर
भित्रभित्रै मरिरहेको
फगत एउटा गोठालो जिन्दगी
किनकि
उसले पढेको व्यवस्थापन शाष्त्रले
कहिल्यै उद्यमशीलता पढाएन
उद्यमी हुन सिकाएन ।

कुनै किताबले पढाएन
कुनै गुरुले सिकाएन
नालामा फालिएको कुहिएको गोलभेडाबाट निस्केको विउबाट
रहरलाग्दो गोलभेडा फल्छ
मेरो देशका नालीहरुमा
जहाँ बाँझै छन्
लहलह धान झुल्ने ढाव र विरुवा फाँटहरू
अभिषप्त छ किसान
बिउबिजन र मलको अभावमा जोतिन
तैपनि खुसी छ ऊ
किनकि दिनभरी पसिना बगाउछ
र मिठो निद्रा निदाउछ रातभरी
अनि त्यसैलाइ दिन्छ समाजले
गोठालो भनेर नाम
जहाँ थुप्रै आधुनिक गोठालाहरु
आ–आफ्ना रहरहरू कुल्चेर
बाँचिरहेछन् मात्र एउटा उपभोक्ता जिन्दगी ।



 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस