मुख्य पृष्ठ » कविता » कुन अवतार लिऊँ म?

कुन अवतार लिऊँ म?

bool(false)
 
जब संकट पर्छ दुर्गा बन भन्छौ
जब सुनको अन्डा पार्नुपर्छ
तब जादुमयी मुर्गा बन भन्छौ
जब चुनौती आउँछ, बारुद बनेर पड्क भन्छौ
जब मृत्यु नजिक पुग्छौ, साबित्री बन भन्छौ
जब फोर्नु पर्छ खेतका डल्ला
तब भीम जस्तै बन भन्छौ
 
कसरी भरुँ फूलजस्तो शरिरमा भीमको स्वरूप म ?
 
रातमा राग जगाउदा रती झैं बन भन्छौ
उज्यालो हुन नपाउदै फेरि सती झैं बन भन्छौ
झिसमिसे हुन नपाउँदै फेरि पबित्र गंगा झैं खोज्छौ
तिम्रो मन बहलाउनु पर्दा चंगा बन भन्छौ ।
पानी बन भन्छौ तिमिलाइ रिस उठ्दा
आगो बन भन्छौ तिमीलाई चिसो हुँदा 
परिक्षाको पर्वत बोक्नु पर्दा हनुमान बन भन्छौ
अभावको पराकास्ट पर्दा भगवान बन भन्छौ 
जब गरिबीका चिउरा चपाउनु पर्छ
फलाम बन भन्छौ
जब चोट लाग्छ तिमीलाई
मलम बन भन्छौ ।
 
कसरी फेरुँ म हरदम स्वरूप ?
 
बारुलाको जस्तो छिनेको कम्मर मन पर्छ रे तिमीलाई
मृगका जस्ता नयनले हेर्नु पर्यो रे तिमीलाई
नागको जस्तो लचक पनि आउनु पर्यो रे जिउमा
गुलावको जस्तो ओठ चाहन्छौ रे तिमी मग्न हुन
नवजात सन्तानहरुलाई डकार्ने बनाउन पर्दा
लैनी भैँसी झै बनिदिनु पर्ने फेरि
जब हुर्कन्छन सन्तानहरु
तिम्रा लागि फेरि सुन्दर नायिका बनिदिनु पर्ने ।
 
बारुलाको शरिरमा गुलाब कसरी फुलाउँ म?
 
किन सहन सक्दैनौ तिमी
गुलाबको बोटमा दुईचार काँडाहरु?
किन पचाउँदैनौ कमलको पातमा
केही हिलाका बाछिटाहरु?
किन पचाउँदैनौ
सीताका सारीमा केही खोटका धब्बाहरु?
कुन स्विकारदैनौ बिषकन्याको
शरिरबाट निस्कने मन्द बिष?
किन स्विकार्दैनौ मत्स्यगन्धामा
माछाको नजानिंदो नमिठो गन्ध?
 
नबिर्से हुने चन्द्रमामा पनि दाग हुन्छ ।
 
तिम्रै खातिर,
जब पानी बनेर तरल हुन्छु
यसरी पोखिन कहाँ हुन्छ भन्यौ
जब आगो बनेर बल्न खोज्छु
यसरी दन्कन कहाँ हुन्छ भन्यौ
जब अप्सरा बनेर श्रृङगारिएँ
यसरी मस्कन कहाँ हुन्छ भन्यौ
लौ त भनेर फेरि अरठ्ठ जिउ लिएर आएँ
तब मलाइ अलच्छिना भन्यौ ।
 
आगो मा नौनी कसरी जोगाउँ म?
 
जब भोलेनाथ बनेर बौलाउछौ
पार्बती बन बन्छौ
जब कृष्ण बनेर बजाउछौ मुरली
राधा बनेर आऊ भन्छौ
 
कुन अवतार लिऊँ?
 
कामदेवकी रती
या महादेवकी सती
इन्द्रकी उर्वशी
या सूर्य कि शशि?
 
पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस