थाकिनु परे यसरी कि
जसरी बलेर कहिल्यै नथाक्ने दियो झै
छुनु परे यसरी कि
जसरी लहरले पाउ छोए झै
लेखिनु परे यसरी कि
सुटुक्क बिहानै दैलोमा घामले जीवन लेखे झै
खस्नु परे यदि नजरहरुमा
यसरी कि
जसरी जुनेली रात भरी तलाउमा जुन खसे झै
यी लयहरुको डगरै डहर
कती सुन्दर हुँदा हुन् जिवनका छाँयाहरु
धुनहरु कति प्रीय हुँदा हुन्
आरोहण !
बगेर नदिले ओरालै ओरालो
जब लेख्छ समुन्द्र !
उज्यालो !
एउटा सिङ्गो रातसँगको सहवास छोडेर जब डुब्छ जुन
र लेख्छ घाम
एउटा उडान छोडेर जब सकिन्छ वाफ
र वर्षिन्छ पानी
भुई मै मर्छ्न हजुर झरेर फुल र पातहरु
र लेख्छन् सुमन !
म सोच्छु त्यो उचाई म कहिले लेखौ?
यसरी झर्दै झर्दै! त्यो शिखर म कहिले चढौं?