मुख्य पृष्ठ » कविता » पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ

bool(false)

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ
यद्यपि यो हो कि
पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहरहरू लाग्छन्,
यद्यपि यो हो कि
पर्खालभित्र जेजति पर्छ त्यो आफ्नो हुन्छ,
सुरक्षित रहन्छ,
पर्खाल शायद नभई हुन्न
मानों देवता हो त्यो
किन्तु पर्खाल पर्खालमात्रै हो
त्यो आकाशमा पुग्न सक्तैन
र भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन्
र पर्खाल, त्यो भत्कन पनि सक्छ ।

परन्तु अचेलका शहर–सडक, जो बालबच्चाका लागि काम लाग्दैन
र अचेल मानिसले जो मानिसहरूबाट आफूलाई बढ्ता अलग्याउनु पर्छ
पर्खालमाथि चाहे जतिसुकै खेद प्रकट गरूँ
म त्यसलाई लगाउँछु
(पर्खाल शायद सबभन्दा अप्रिय आवश्यकता हो)
शायद यो जमानामा हामी पर्खालको जरूरत मिटाउनलाई
पर्खाल लगाउँछौँ
हामी पर्खालका विरूद्ध पर्खाल लगाउँछौँ
(तर) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ
(हुन त सब थोक सबभन्दा बढ्ता चाहिने युग पनि यही हो)
पर्खाल, लोग्नेमान्छेजस्तो पर्खाल,
टाउको लगेर ठोक्न पनि हुने पर्खाल ।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस