न आकारमा देखिन्छ न व्यबहारमा देखिन्छ !
तिम्रो उपस्थिति केवल अन्धकारमा देखिन्छ !
बैंसले मत्त भई आधा रातमा नहिँँड जूनकीरी
तिम्रो कामुकता मेरो अनुहारमा देखिन्छ !
निमोठी निमोठी चुम्दा तिम्रो अस्तित्व नरहला
अस्तित्वहीन वस्तु खालि बजारमा देखिन्छ !
भन न कसरी देखाऊँ म यो मूल्य प्रेमको
सस्तोसस्तो प्रेम त आजभोलि व्यापारमा देखिन्छ !