मुख्य पृष्ठ » कविता » वीर्यको बतास

वीर्यको बतास

bool(false)

नांगिएकी हो ऊ
मर्दको अगाडि सर्वाङ्ग
मर्दकै चाहना, आश्वासन र निर्देशनमा
छोडाएर केस्रा केस्रा अंगप्रत्यंग
अँध्यारो कोठाभित्र पटक-पटक
मर्दले गरिदियो न्वारान एकपछि अर्को
काली, डल्ली, परी.....!

अँध्यारो बन्द कोठाभित्र
परीका सर्वाङ्ग खुड्किलाहरू टेकेर
सगरमाथा उक्लिएपछि
परीकै स्वप्निल महकको फेरो समाएर
पुग्यो मर्द...
एक स्वर्गदेखि अर्को स्वर्गसम्म
वासनाको बादलमा निथ्रुक्कै भिजेर ।

त्यो दिन
बन्द कोठाभित्र मुर्झाएर कथित मर्द
आफ्नै वीर्यमाथि लतपतिएकै हो
तर, जब कोठाको झ्याल ढोका खोलिए
उज्यालो छिर्यो अँध्यारो कोठामा
र, बतास ह्वात्तै बाहिरियो झ्यालबाट
वीर्यको गन्ध र परीको चरित्र बोकेर
छिनमै बतास यसरी फैलियो कि
चोकको चिया पसल, डाँडाको चौतारो हुँदै
पुग्नुपर्ने ठाउँ पनि पुग्यो
नपुग्नु पर्ने ठाउँ पनि पुग्यो ।

हावा त हावा नै हो
बेपर्वाह उड्दै उड्दै गयो जता-तता
र, एकदिन ठोक्कियो मर्दकै आमाको कानमा
आक्रोशित भइन् आमा र भनिन्
'त्यो नक्कचरी...'!
फेरि शान्त भइन र भनिन्
'छोरा चिन्ता नगर,
नडरा यो हावासँग, तँ छोरा होस् ।'

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस