मुख्य पृष्ठ » साताको साहित्य पुरस्कार » साताको साहित्य पुरस्कार — २०१८ (प्रेस विज्ञप्ति)

साताको साहित्य पुरस्कार — २०१८ (प्रेस विज्ञप्ति)

bool(false)

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको कविता ‘रोल्पाको रङ’ र कवि जीवन खत्रीको कविता ‘आमाको पटुका’ छानिएका थिए । तत्पश्चात् निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘आशीर्वाद’ कवितालाई चयन गरेका हुन् ।
लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन् । नवीन प्यासी ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने सातौं लेखक हुन् ।

निष्प्रभ सजी

सम्पादक

साताको साहित्य डट कम
मितिः जनवरी १९, २०१९

पाठकको प्रतिक्रिया
अन्य साताको साहित्य पुरस्कारहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस