गजल

bool(false)

जिन्दगीले जुन चाल्नु पर्थ्यो त्यो चाल नपुगेजस्तो
पोखरासम्मै पुगेर पनि फेवाताल नपुगेजस्तो

बेवारिसे दुःखीहरूले मसँग दुःख व्यक्त गरे
मालिक ! हामीलाई दबाइ र देखभाल नपुगेजस्तो

किन काठजस्तो जर्जर भएको छ मेरो जिउ ?
मलाई लाग्यो प्रेमिकाको अंकमाल नपुगेजस्तो

गरिबका बच्चाबच्ची खोइ कहिले टन्न अघाए र?
कहिले भात नपुगेजस्तो कहिले दाल नपुगेजस्तो

नेपाल हेर्दा नपुगेजस्तो नौजवानको श्रमपसिना
साउदी कतारमा कुदरतको कमाल नपुगेजस्तो

आमा जानु भयो तीर्थयात्रा मलाई घर कुर्न राखी
भैँसीले पारा झिकिहाल्यो घाँस पराल नपुगेजस्तो



पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस