गजल

bool(false)

दुखाउनु अगावै दुखाइको ओखती होस् 
हाम्रो प्रेममा यति एउटा सहमति होस्

म एउटा धावक, निरन्तर दौडिरहन्छु 
मेरो खुट्टा तान्नेहरूको सधैँ प्रगति होस्

तिमी, आमा र देशलाई छातीमा राखेको छु 
समाजलाई राख्ने ठाउँ नि अलिकति होस्

त्यस्तो केही पनि चाहिँदैन मान्छे बन्नलाई 
एउटा मान्छेको औकात मान्छेको जति होस्

मित्रलाई त साथै लिएर आफू हिँडेको छु 
दुश्मनलाई नि सँगै लाने अनुमति होस् । 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस