मुख्य पृष्ठ » कविता » बित्थाको खेल

बित्थाको खेल

bool(false)

आउनोस्,
आज फेरि यौटा बित्थाको खेल खेलौँ
जस्तो कि कसले कति टाढासम्म थुक्नसक्छ
कसले कति जोड्सित चिच्याउन सक्छ

बित्थाको खेल क्या त !
जस्तो कि को कति लामो समयसम्म हाँसिरहन सक्छ
साँच्चै हाँसउठेको जस्तो
आँसुसरि भई भुँडीको लाम्टा दुखिन्जेल हाँसेको हाँसेकै गर्ने खेल !
कि त ब्यूँझाउने मान्छेलाई नै थकाइदिने
कुम्भकर्णे निद्राको किर्तीमान तोड्ने खेल

ल, ल, तपाईंलाई यी खेलहरू मन नपरे
शब्दहरूको तुक्का मिलाउने खेलौँ न त
कहिल्यै नतुरिने अर्थ न बर्थको तुक्का मिलाउने खेल ...
जस्तो कि –
पहिलोले भन्छ – हामी छौं जम्मा सात
दोस्रोले जोड्छ – चारजनाले खायो भात
फेरि अर्कोले – तीनजनाले खायो लात
अनि अर्कोले -- कस्तो लुले हात
- हरियै झर्यो पात
- दिउँसै पर्यो रात
- गयो सबको जात
- मलाई त लाग्यो मात
- कसलाई पर्यो घात
- छैन हामीलाई ज्ञात

इत्यादि ..इत्यादि.. इत्यादि..
एड इन्फिनिटम....
+
आज
म त्यो बाल्य दिन सम्झेर
निकै नोस्ट्याल्जिक भइराखेको छु
जुन दिन हामी नौ-दस वर्षे ठिटाहरू
खोलाको बगरको ठूलो ढुङ्गामा उभेर
खेल्थ्यौं यौटा बित्थाको खेल –-
कसले कति टाढासम्म मुत्नसक्छ !!

 

(विशेष साहित्य)

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस