मुख्य पृष्ठ » कविता » निदाइसकेपछि सधैँलाई

निदाइसकेपछि सधैँलाई

string(43) "user_uploads/members/951446484859_large.jpg"
लेखक
सुदीप पाख्रिन
नाम : सुदीप पाख्रिन
  सुदीप पाख्रिनका रचनाहरू

सुत्दा–सुत्दै
सुत्नेछु एकदिन
फेरि कहिल्यै नउठ्ने गरी

फेरि कहिल्यै
देखिनेछैन त्यसपछि
पराजय, क्षोभ र ग्लानीमा पनि
सदैव मुस्कुराइरहने यो मुहार

उघ्रनेछैनन् साँच्चै नै
सानातिना खुशीहरु,
खुशीहरुभन्दा ज्यादै ठूलो लाग्ने
दुःखको सानो भारी,
अक्करजस्ता पीरहरु,
झिनामसिना यादहरु,
मिल्ने सफलता अनि जीतहरुमा पनि
नदी बगाउने र त्यहीँ नदी आँखैमा सुखाउने आँखाहरु

न हुनेछन्
साथीभाइहरु वरिपरि,
शत्रुका तीरझैँ घोच्ने सम्वादहरु,
जिन्दगीभन्दा रमाइला ठट्टाहरु,
यात्राहरु,
यात्राका थकानहरु
थकानपछिको विश्राम
र विश्रामको आनन्द

अवसाद
हर्ष
विवाद
मिलाप
प्रेम
धोका
सुख
दुःख
यी यावत कुराहरुबाट पर......
ज्यादै नै पर......
तर यतैकतै हुनेछु
तिमीमा !
तिमीसँग !!
तिमीभित्रै !!!

त्यतिखेर पनि
आमा !
नछाड्नुहोला विश्वास गर्न मलाई
मेरा प्रत्येक गल्तीहरु पछि पनि
जसरी छाड्नुहुन्न अहिले

मेरी प्रिया !
गुनासाहरुमा प्रेमलाई पोका पारेर
यसरी नै आल्हादित बनाइरहनु
मलाई हरदम

मेरा नानीहरु !
आफ्ना माँगका फूलहरुले
सिउरिदिइरहनु मेरो धड्किन छाडिसकेको मुटुलाई
प्रत्येक दिन यसरी नै

म हुनेछु
यतैकतै सबै–सबैको भित्र.....

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस