गजल

मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो
वाह ! शास क्या विधि वजनदार थियो


थियो छन त आँसु शीत जस्तै निर्मल
अनि तिम्रो याद मिसियो मैलियो ।


पलाएथ्यो काँडा त जन्मै देखि डालीमा
एक सुन्दर फूल फुल्यो भाचियो ।


मान्छे काटिँदा पनि निदाएको शासक
जब मुखमा झिङ्गा बस्यो तर्सियो ।


मेरै मुटु त थियो चौबाटोको पत्थर
तिम्रा पाइतलाले छोयो टुक्रि दियो ।

पाठकको प्रतिक्रिया
अन्य गजलहरू