गजल

वारीको कुरा पारीले बुझ्दै बुझ्दैनन्
जसरी सासुको कुरा बुहारीले बुझ्दै बुझ्दैनन्

यी बिचरा पुरुषहरूले पनि कसरि बुझुन्
नारीको कुरा जब उनै नारीले बुझ्दैनन्

दुई सन्तान इश्वरको बरदान भन्ने कुरा पनि
सबले बुझ्छन् बेरोजगारीले बुझ्दै बुझ्दैनन्

एक जवान युवतीमा अनेक हुन्छ लट्ठ पार्ने
यस्ता कुरा ब्रम्हचारीले बुझ्दै बुझ्दैनन्

पाठकको प्रतिक्रिया
अन्य गजलहरू