गजल

bool(false)

रहर छ मर्न , मर्नअघि नाम अलिअलि राखेर
तर पै'ल्यै सिलाइदिएछन् कात्रोमा बगली राखेर

कत्रो भरोसा बोकेर बिरामी अस्पताल धाउँछन्
यहाँ चलेकोछ अस्पताल डाक्टर नक्कली राखेर

सल्किएको म उहिल्यै हो उनलाई देखेदेखि हो
अझै म हिंडिरहेकोछु भित्र भित्रै जलि राखेर

ऊ बाँच्यो देशको इतिहास, गहना बनेर बाँच्यो
म बाँचिरहेछु केवल यो ढुकढुकी चली राखेर

न्यायालय हाँक्छन् कोहि सरकार चलाउँछन्
देश लुटिरहेछन् तिनीहरुले भेष बदली राखेर ।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस