मुख्य पृष्ठ » कविता » आमा, अधुरो यात्रासँगै

आमा, अधुरो यात्रासँगै

bool(false)

खेतबारीमा हलो जोत्दाजोत्दै
बिचैमा एकातिर
हुइँकिदिने छोरो
घरको भुइँ र भित्ताहरू
लिपेर घर सजाउँदा सजाउँदै
फेसबुकको मायाजालमा फसेकी छोरी
मासु किनेर
प्लाष्टिकको सानो पोको
घरमा ल्याउँदा ल्याउँदै
बीच बाटोमै त्यही मासु
बेचिखाने पियक्कड बुवा
आमाको के कुरा गरौं ?
आँसु, रगत र क्रान्ति
झन्डा, नेता र लोकतन्त्र
कसलाई थाहा छैन र
हाम्रो परिवारमा ?

कतै अधिकारको अर्थ
लिनु र पाउनु बाहेक
खानु र अघाउनु बाहेक
अर्को कुनै नयाँ आगनको
रमाइलो छैन ।

सधैं लेङ्लेङ् गरिरहने नानीहरू
घरको जिम्मा अधुरै भएको
थाहा नपाउने बुवा
धन्न आमा मन थामेर बसेकी छिन्
भर्भराउँदी छिन्
जवानै छिन्
धन्न आमा पोइल नगइबसेकी छिन् !

सिमानामा चलेको गोलीलाई
आफ्नो छातिमा थाप्ने
कुनै शहीदलाई सम्झेर होला ।
एउटा नाम्लोमा आँफुलाई झुन्डाएर
खिर्खिरेलाई फलामको लठारोमा
खिर्खिर... खिर्खिर... गर्दै
नदी पारिको स्कूलतर्फ जाने र फर्कि आउने
गाउँले नानीहरूलाई सम्झेर होला ।
या त त्यही लठारोमै
कोल्टेमा सधैं घाँस दाउरा ओसार्ने
आमाहरूलाई नै सम्झेर होला
पोइल नगइबसेकी छिन् आमा ।
र त आमालाई आमा भन्न सजिलो छ !

अनुमति बिना नै
थाहै नपाई निस्किआउने यो हाम्रो बानी
प...र बाट आउँदै गरेको मलाई
कहिल्यै पनि देख्न नसक्ने
यो मेरै भित्ताको ऐना
नितान्त आफ्नै
बानीको जकडमा फसेको छ ।
हैन यो खुट्टा पनि कस्तो हो
बाटो पो आँफै सर्दैसर्दै
उसको नजिक आइपुग्छ त
हैन यो भकुन्डो कस्तो हौ ?
सधैं लात्तै मात्रै पो खोजिबस्छ त
य... य...य... यो खेलाडी
आझ्नै गोलपोष्टतर्फ
आत्मघाती गोल हान्छ
अनि भन्छ–
म त ¥याडिकल हुँ
झुल त नयाँ नै हो
सबै ठिकठाक छ
तर यो जिराहा मच्छड
कताबाट छिर्छ छिर्छ
भित्र पसेर चुसिबस्छ
लाजैबिना टोकिबस्छ !

तीखो नजरले हेरिबस्ने छिमेकी
मौन व्रतमै महाकाव्य लेखिसक्ने शत्रु
सपनामा
आमालाई ऐठन पार्न आउँछ ।

क्रान्तिले तात्तिबस्नु
र रक्सीले मातिबस्नु
उस्तै उस्तै नै हो
नभए हामीसँगै जिउने
अधुरो लोकतन्त्रलाई सोध्नू नि
उभिन नसकेको
हिँड्न नसकेको
र दौडिन नसकेको
साँपे लोकतन्त्र
धन्न
आमा मन थामेर बसेकी छिन्
पोइल नगइबसेकी छिन्
र त आमालाई आमा भन्न सजिलो छ ! 

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस