गजल

bool(false)

ऊ केही भनिरहेछ, मन्दिरको पत्थरलाई ।
मूर्ति बोल्दैन भन्ने थाहा, भएछ शहरलाई ।

तिमी आँखैले मेरो, शरीरको बलात्कार गर्छौ,
म कसरी सजाय दिऊँ, तिम्रा ती नजरलाई ?

बगिरहेको पानीको गन्तव्य, कहाँ हो भनेर,
नदीले सोधी रहेछ, किनार र बगरलाई ।

म कक्षा कोठाहरूमा, सपना बुनिरहेको छु,
लिलामीमा राखेर, त्यो छानो चुहिने घरलाई ।

पक्कै पनि झुट पढ्न, मन लागेर हुनुपर्छ,
घन्टौं देखि हेर्दैछ उस्ले, प्रेमिकाका अक्षरलाई ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस