मुख्य पृष्ठ » कविता » फेरिँदो समय

फेरिँदो समय

bool(false)

बयालीस सालमा
हजुरबा बित्दा
आँगनभरि गाउँले थिए,
घरबाट खोलासम्मै
मलामीको ताँती थियो।


आज बिहान ठाइँला बा बिते
मास्टरले फोन झिके
शबसँग सेल्फी खिचे
र,फेसबुकमा स्टाटस लेखे -
'ठाइँला दाइलाई श्रद्धाञ्जलि !'


हर्केको छोरोले जापानबाट
ठूलो कान्छाकी छोरीले इजरायलबाट
तल्लाघरेको नातिले कतारबाट
हेडमास्टरकी छोरीले क्यानाडाबाट
तत्कालै 'कमेन्ट' गरे --
RIP !

आँगनमा तीनजना गाउँले
अझै मलामी कुरिरहेका छन् !

 

 
 
पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस