मुख्य पृष्ठ » कविता » फेरिँदो समय

फेरिँदो समय

बयालीस सालमा
हजुरबा बित्दा
आँगनभरि गाउँले थिए,
घरबाट खोलासम्मै
मलामीको ताँती थियो।


आज बिहान ठाइँला बा बिते
मास्टरले फोन झिके
शबसँग सेल्फी खिचे
र,फेसबुकमा स्टाटस लेखे -
'ठाइँला दाइलाई श्रद्धाञ्जलि !'


हर्केको छोरोले जापानबाट
ठूलो कान्छाकी छोरीले इजरायलबाट
तल्लाघरेको नातिले कतारबाट
हेडमास्टरकी छोरीले क्यानाडाबाट
तत्कालै 'कमेन्ट' गरे --
RIP !

आँगनमा तीनजना गाउँले
अझै मलामी कुरिरहेका छन् !

 

 
 
पाठकको प्रतिक्रिया
अन्य कविताहरू