'दाइजो'

bool(false)

छोरीलाई अप्ठ्यारो पर्ला भनी
बिहेकाे दिन
बाले दिनुभएको
दुई तोलाको माड्वरी,
तेह्र लालको नाकको फुली र
एक तोला सात लालको सिक्री भन्दा
कम निस्केथ्यो
आँगनको डिलनेर
आँपको हाँगामा झुिन्डएको
ठुल्दिदीको वजन

आज
त्यहि आँपको हाँगामा
पिंग खेलीरहेकी छिन् भान्जी
पछाडिबाट
मेरी छोरी पिंग धकेली रहेकि छ र
पिँढीमा बसेर म भने
आफ्ना बाँकि बचेका बंगारा
गनिरहेको छु ।।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस