गाउँदैछन् ‘चीं चीं’ बोली मिठो पारी चराहरु
‘भो भो’ भन्दै भुलेकाछन् फूल मै भँमराहरु ।
मन्द मन्द सुसेलेर जिस्काई हिड्छ मारुतः
सुन बुझ जगत् लाई यहाँ केवल प्रेम छ ।।
बादलु घुम्टी तानेर, निशा डाक्दछ घाम ले
छेप्छे जिस्की किनारै मा, सागर रानी छाल ले
प्रकृर्ति छे उता मस्त, हेर सृजन भोग ले
म छू मत्त तिमी छेऊ केवल प्रेम रोग ले ।।
आऊ सागर झैं छोप मेरो जीऊ किनार मा
लुकुँला म पनिक तिम्रै घनघटा कपाल मा ।
पिउँला रूप को प्याला अझ उन्मत्त चाल ले
निशा–लिप्त हुँदा घाम उता आरिस भाव ले ।।
उम्रलान् सहस्र वृक्ष ति हाम्रै छहरी हुनन्
हाम्रै रहर का बाँकी आकाश धरती छुनन्
गाउलान् अधुरा गीत ति हाम्रा दिन सम्झँदै
प्रेम कहानी का मीठा मीठा याद सँगालँदै ।।
जित्नु छैन मलाई क्यै हारुँला प्रेम का तल
तिमी डुंगा म बाहाना तरौंला भव–सागर
बिसाएँ बिनती मेरो के भनूँ अरु प्यार ले
नभागे सँगिनी आज, मुख छोपेर लाज ले ।।