बाङ्गो

bool(false)

सिधा बाटो हिँड्न
जसरी सजिलो हुन्छ
उकालो र ओह्रालो र ठाडो भीर भएर हिँड्न
उत्तिकै गाह्रो ।

बाङ्गा टिङ्गा बाटाहरू हिँडेर पनि
कहीँ त पुग्न सकिन्छ,
बाङ्गा हिडाइँका सौन्दर्यहरू
कति शक्तिशाली हुन्छन्
जसरी बेलगाम बगिरहेका नदीनालाहरू हेर्नुहोस्
बेतोड उडिरहेका धुवाँहरूलाई हेर्नुहोस्
उन्मूक्त उडिरहेका चराहरूलाई हेर्नुहोस्
पर्वत उक्लिरहेका आरोहीहरूलाई हेर्नुहोस्
कति सुन्दर र शक्तिशाली हुन्छन् आफैमा

एकोहोरो उजाडलाग्दो
हुँदैनन् बाङ्गाहरू

बगानबेलीका हाँगाहरूमा हेर्नुहोस्
सप्तरङ्गी इन्द्रेणीका रङ्गहरूमा हेर्नुहोस्
कति सुन्दर हुन्छन् बाङ्गाहरू आफैमा ।
भर्खरै उठ्न सिक्दै गरेका
कलिला पाइतालाहरूमा हेर्नुहोस्
केही लेख्न सिक्दै गरेका
नानीहरूका हरफहरूमा हेर्नुहोस्

कति किरिङमिरिङ बाङ्गा बाङ्गा हिँडाइहरू अक्षरहरूका 
सजिलो थिएन
भन्छन्
यस पृथ्वीले पनि
गति समात्न
यसले उभेको
अक्षाशं र देशान्तर पनि त
बाङ्गै छन् ।

सजिलो थिएन भन्छन्
सास फेर्न त्यो तुमुल
गर्भभित्र चलेको
भ्रुणहरूलाई बाङ्गो गरी घुम्न

सजिलो र सोझो त
केही केही छैन
केही केही छैन



दार्जिलिङ, भारत

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस