गल्ती

bool(false)

मणि जहिल्यै सिरमा सुहाउँछ
हाम्रो शिरमा पनि जो श्वेत टल्कीन्छ
त्यो मणि हो ।
तर, हामी पित्तल खोज्न ‘बम्मइ’ पुग्यौँ
 
कतै मणि मुनि, कतै पातमुनि
कतै जरामुनि, कतै शिलामुनि
प्रकृतिले लुकाएकी छिन अमृत
हामी ओख्तो खान थाल्यौँ
‘प्लाष्टिक’ को
 
फापर र कोदाले गार्खाली बनाएथ्यो
मकैका फुरले विर बनाउँथे
हामीलाइ ‘विष्कुट’ खान मन लाग्यो
उमार्न छाड्यौँ
फापर र कोदो
मकै लज्जीत भो
 
वृक्ष वृक्षमा सोमरस झुण्डिन्थे
हामीलाइ ‘वियर’ र ‘कोकाकोला’ चाहियो
सकेको अरिंगालले चुसे
सकेको केटाकेटिले भकुण्डो खेले
स्याउ र सुन्तलाको
 
टिमुर झरेर जमिन अमिलो भो
रिठ्ठा झरेर जमिन धमिलो भो
टिमुरको रुख काटिदियौँ
रिठ्ठाको रुख ढालिदियौँ
नुन किन्न छाड्यौँ घ्युसँग
 
महाकाली ‘शारदा’ बनिरह्यो
कर्णाली ‘घाँगरा’ बनीरह्यो
कोशि ‘दामोदर’ बनिरह्यो
तर किनारको माटो तड्पिरह्यो
पेट त भर्नै पर्छ
 
गास, वास र कपासको जरुरत थियो
उत्तेजित भयौँ
गएर तिनकै छाक खाइदियौँ
आएर आफ्नै घर जलाइदियौँ
भएको ‘कच्छा’पनि फालेर नांंगै भयौँ
 
जरुरत छ
गफको खेतिमा आगो लगाउनु
प्यासि धरालाइ तृप्त पार्नु

खोज्नु आफुमा आफु
 
गल्ती गर्न छुट त छ
तर, अबको गल्तीले
हामीलाइ मेटाउन सक्छ

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस