भारीबाट घाँसका मुठा खस्ला जस्तो लाग्यो
समाइदिए अहिल्यै माया बस्ला जस्तो लाग्यो
कति काट्छ्यौ सिरुपाते, कति बोक्छ्यौ बन्सो
तिमी विसाउ घाँसको भारी म विसाउँछु मनको
घाँस भिज्यो शीतले, कपाल भिज्यो शीतले
जान्छु मात्र भन शहर, लान्छु माया प्रितले
मेलापात, रनवन, खेतका आली—गर्हा
यसैगरी जोवन जाला सानु कठैवरा
सर्प बस्छ झाडीमा, जुका लाग्छ उस्तै
मैले भन्न खोजेको, छौ कि छैनौ बुझ्दै ?
भारीबाट घाँसका मुठा खस्ला जस्तो लाग्यो
समाइदिए अहिल्यै माया बस्ला जस्तो लाग्यो