बिदाई

यौटा कविता लेखेँ पानीमा
र परसम्म बगेको हेरिरहेँ

टाढा कतै
समुन्द्रका ओठले उसलाई छुने छन्
वर्षौंको तिर्खा मेटिने छ समुन्द्रको

यहाँ म
एक्लै सोचिरहने छु,
उसलाई जन्माएँ, हुर्काएँ मायाले
जिन्दगीका नागबेली बाटाहरूमा हिँड्न सिकाएँ
दुनियाँको आदत बताएँ

यौटा कविता लेखेँ पानीमा
र छोरी जसरी बिदा गरेँ ।

 

धुवाँको धागो २०७०

पाठकको प्रतिक्रिया
अन्य कविताहरू