आदेश

string(43) "user_uploads/members/955666148136_large.jpg"
लेखक
निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

लामो समयदेखि
सिमानामा
सिपाहीहरू बीच
सिमाना थिएन
सिमानामा
सिपाहीहरू दुश्मन थिएनन्

सिमानामा
सिपाहीका हतियारहरू जस्तै
विसाएका थिए सिपाहीहरू 

सिमानामा
अल्लि अघि
परको 'बारोघिल'ले
परको 'बिहार' सँग
'इद' बाँडेको थियो
सिमानामै
'पिप्ली'को ननभेज जोक सुनेर
'पेशावर' पेटभरी हाँसेको थियो !

आदेश आउनु अघि !
सिमानामा
सबैथोक ठिक थियो !

आदेश विसाएपछि
कतै नबिसाइकन
एउटा सन्देश
बाग्लुङ पुग्यो
बहादुर गोर्खालीको घर खोज्दै !

थाहा पायो बहादुर बाग्लुङले
परको धर्तीमा
काली गण्डकी
रातो बगेछ

विना साइत पुगेको
खबरले पनि
एउटा खबर लिएर फर्कियो ।
त्यही गोर्खालीको आगनमा
एउटा च्याङ्ग्रो
दशैँ पर्खिरहेको थियो !

आदेश आउनु अघि !
सिमानामा
सबैथोक ठिक थियो !

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस