मुख्य पृष्ठ » कविता » कहिले, कुनै दिन

कहिले, कुनै दिन

bool(false)

धेरै दिन लगाएर
आफुसँग बटुलेका
साना—साना खुशीहरू
आफन्तलाई
बाँड्न बसेकै बेला
एउटा ठूलो दुःख
फेरि टुप्लुक्क आइपुग्छ ।

मैले बटुलेका खुशीहरू
मैल बाँड्नै नपाई हराउँछन्
र, सदाझैँ म
त्यो दुःखबाट पार पाउन
त्यससँग जुध्न थाल्छु ।

मलाई दुखाउन नसकेपछि
दुःख आफै दुखी भएर
दुःख मनाउ गर्दै भाग्छ
र म, एकछिन् सुस्ताएर
फेरि खुशीहरू बटुल्न थाल्छु ।

बटुल्न थाल्छु खुशीहरू
कुनै पटक त
खुशीहरू बटुलिसकेको बेला
दुःख आउन बिर्सेला
या, दुःख आउनुअघि नै
म खुशी बाँडि सकुँला ।



(कवि शलभको कविता संग्रह ‘उज्यालोको सर्त’— २०६५ प्रकाशित छ ।)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस