मुख्य पृष्ठ » कविता » गँगटा र भुवानहरू

गँगटा र भुवानहरू

bool(false)

यसपालिको मंसिरमा
नयाँ धान भित्र्याउन
असार रोपेका थियौँ
बडा दुःखसँग ।

असार ल्याउन पनि युग कुर्नु पर्यो
लामो खडेरी पछि
हुरी बतास आयो
भत्कायो सामन्ती पहाड
अनि बल्ल सुरु भयो मनसुन
रोप्यौँ छिपछिपे हिलोमा रोपाहरू ।

नयाँ आशा, नयाँ उत्साह लिएर
नयाँ उमङ्ग, नयाँ भविष्य साँचेर
सन्ततिलाई अनिकालबाट जोगाउन
भोकमरी र कुपोषणबाट जोगाउन
नयाँ धान रोपे पनि
व्यवधान हटेको छैन
दिगो समाधान खोजिएको छैन ।

म वासीबिदाको अपेक्षामा
मिठो सपना बुनेर
निदाउँन खोज्दा नखोज्दै
जागा हुँदा रैछन्
गँगटा, भ्यागुता र सर्पहरू
सायद मन पर्दैन उनीहरूलाई
गह्राभरि जमेको पानी
लह लह परेका रोपाहरू
धान्न सक्दैनन् क्यार
पहेलपुर अनाजहरू
त्यसैले त षड्यन्त्र गर्छन्
रोपेको भोलिपल्टबाटै
र निम्त्याउँछन् भुवान
ऋनि फटाउँछन् भाँजाहरू ।

अनि
म कहिले मेघदूत सराप्छु
कहिले छिमेकी हकार्छु
कहिले कुलो, मुहानमा निहुँ खोज्छु
अनि बहुलाउँछु आफैसँग
झगडा गर्छु आफन्तहरूसँग ।

गँगटाहरू चरमा लुकी लुकी
ढाबुल्कामा पौडिन्छन्
छायाँ कतै मेरो देखी हच्के पनि
मौका पर्नसाथ
दोहोर्याउँछन् पुर्वयत् घटनाहरू ।

आँखा कान छल्न भुवान टाल्न खोजे पनि
धान्न सक्दैन त्यसले पानीको आकाङ्क्षालाई
हो म त्यसै बेला
ढाबुल्का धमिल्याएर
नयाँ माछाको खोजीमा जुट्छु
धाँजो फाटेको खेत विर्सन्छु
लालाबाला र भविष्य विर्सन्छु ।

 

(कविका दुई कविता संग्रह ‘धारा एक सय सत्ताईस’ र ‘किनाराको साक्षी’ प्रकाशित छन्)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस