गजल

तनाब जति खत्तम हुन्छ पिउन थालेपछि
जत्ति थपे नि कम हुन्छ पिउन थालेपछि

जसको खुट्टामा जमिन टेक्ने शक्ति हुदैन
उसैको पाखुरामा दम हुन्छ पिउन थालेपछि

बाठाहरू पिएको बेला चुपचाप बस्छन्
लाटोलाई बोलम् बोलम् हुन्छ पिउन थालेपछि

घरको आफ्नै  बुबा मरेको शोकमा सम्म
छोरालाई रमझम हुन्छ पिउन थालेपछि

पिउनु अघिको सबैभन्दा सानो मान्छे पनि
सबैभन्दा ठूलो स्वयम हुन्छ पिउन थालेपछि

पाठकको प्रतिक्रिया
अन्य गजलहरू