गजल

आफू मेटिए अरूलाई अमर बनाए
थोपाहरू मिलेर त्यो सागर बनाए

नदी चाहीँ वर्षौँदेखि बगेकै थियो
बनाउनेले पानी भने भर्खर बनाए

झुटा हुन् न त सत्य ती ऐनाहरू
जस्ले संसार उल्टिएको खबर बनाए

ईश्वर भन्दा शक्तिशाली हुन् पुज्नेहरू
हेर्नोस् तिनले ईश्वरलाई पत्थर बनाए

अमृतको ब्यापार तब मात्र बढेको हो
जब ब्यापारी आफैले जहर बनाए

कसैले खुट्टाहरूमा आँखा बनाएनन्
बरू यी बाटोहरूमा ठक्कर बनाए

पाठकको प्रतिक्रिया
अन्य गजलहरू