मुख्य पृष्ठ » कविता » पहाड सुन्दरी

पहाड सुन्दरी

string(43) "user_uploads/members/374869528277_large.jpg"
लेखक
भूपिन
नाम : भूपिन
  भूपिन का रचनाहरू

तिमी पानीमा लुछुप्पै भिजेकी छौ
र सबैभन्दा सुन्दरी देखिएकी छौ !
तिमीलाई देखेर
म बैंसले उत्ताउलो भएको छु ।

ओहो ! यो कस्तो संयोग
लु चलिरहेको खडेरीमा
तिम्रो मुलायम छालामाथि
हिमालमा टाक्के लगाएर निस्किएको सितलो हावा चिप्लनु
र मेरो शरीरमा यसरी उखुम बढ्नु ।

तिम्रो कपालमा खस्नु पानीको सितल फोहोरा
र चिउँडोबाट झर्नु यो चिसो झरना ।

मेरी कोय मिस्ट्रेस !
मलाई पनि सयौं वर्ष लाग्न सक्छ
तिम्रो स्तनको बखान गर्न
अरू हजारौं वर्ष लाग्न सक्छ
तिम्रा अंगहरूको वर्णन गर्न ।
तर मसँग केवल एउटा जुनी छ ।

तिमी सर्वाड्ंग भिजिरहेकी छौ
र खडेरीमा पहिलो बुँदाबुँदी हुँदा
हावामा माटोको हरक फैलिएझैं
आइरहेछ तिम्रो शरीरबाट
कुनै प्रेमिल वासना ।

गाउँदै कुनै बैंसालु गीत
कुनै सार्वजनिक धारामा नुवाईरहेछौ तिमी
मन लागिरहेछ
मिचिदिउँ तिम्रो कपाल, छाती र पिठ्यूँ
साबुन लगाइदिऊँ तिम्रो शरीरमा
र मयल पखालीदिऊँ !
पुछिदिऊँ रूमाल झिकेर गोजीबाट
र तिम्रो वदन सिनित्त पुछिदिऊँ ।
तर मेरा हातहरू यति साना छन् की
म तिम्रो कुनै सानो अंग पनि चलाउँन सक्दिन ।
मेरो रूमाल यति छोटो छ कि
तिम्रो आँखिभौं पुछ्न पनि सक्दिन ।

मेघ गर्जिरहेछ
चट़्याडं् परिरहेछ
र बज्र आएर मेरो शिरमा खसेकोछ ।
मेरी कोय मिस्ट्रेस !
आज तिमीलाई यति टाढाबाट हेरेरै
मलाई अर्गाजम भएकोछ ।

खडेरीमा सुनिने
सबैभन्दा प्रिय गीत वर्सात नै त हो
ए पहाड सुन्दरी
तिमी आज पानीमा सर्वाङ्ग भिजेकी छौ
र यो वेस्ट ल्याण्डमा
सबैभन्दा राम्री देखिएकी छौ ।

तर ए पहाड सुन्दरी
म सम्भावित दुर्घटनाबाट त्रसित छु
किनकि नजिकै कारखानाका चिम्निहरूबाट
उडिरहेछ अज्ञानको कालो धुँवा ।
म त्रसित छु
कि कतै तिम्रो हरियो शरीरमा
रुपै डढाल्ने अम्ल वर्षा नहोस् !

(कोय मिस्ट्रेस- एन्ड्रयु मार्वलको प्रसिद्ध कविता 'टु हिज कोय मिस्ट्रेस' बाट

वेस्ट ल्याण्ड- टि एस इलियटको प्रसिद्ध कविता ।)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस