मुख्य पृष्ठ » कविता » मोनालिसा र मार्च ८

मोनालिसा र मार्च ८

bool(false)

ओ ! इन्द्रेणी नायिका

सदियौं कुजिएर
एउटा फोटो फ्रेममा

कति कुरिरहन्छौ
घाम र पानीको आगमन

म दिन चाहन्छु तिमीलाई
नीलो आकाशमा
उड्दै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फेर्नुपर्छ परिभाषा सौन्दर्यको

तीव्र गतिमा आएर
हुँइकिएएको बेपत्ता बतासले बोलेजस्तो
दिन चाहन्नँ
उधारो उपमा

जस्तो कि–

‘रोपेको छु
तिम्रो आँखामा
सपनाको संसार

छोपेको छु
तिम्रो पछ्यौरीले कुरूप अनुहार

कोरेको छु
तिम्रो हत्केलामा
युग हिँड्ने बाटो’

बरु,
सम्झाउन चाहन्छु म
घरको चार दिवारभित्र
किन सीमित हुन्छौ
बटुल्दै बगरमा टेकेका
सम्झनाका डोबहरू

किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कतिपटक अस्ताउँछ घाम ?

अनि
हिँड्नू
छिमेकी दिदी नोरोसँगै
मानिसहरूको भीडमा
एकजोर स्वतन्त्र पाइला

छाम्नू चराले झैं
हावामा मिसिएको
स्वछन्द अनुहार ।
०००


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस