फरक

bool(false)

तिमीले पर्वत पर्वत उभिएर भन्यौ
मैले भुई भुई छोएर भने
होस् म त धुलै हुन्छु !
कमसेकम साना साना नानीहरूले
मुछेर भाडाँकुटी खेलुन् !

तिमीले सागर सागर भरिएर भन्यौ
मैले आकाश आकाश रित्तिएर भने
बरु बसौंला नि परै
लुकाएर छाती भरी भरी यो दुनियाँ
कमसेकम मलाई प्रेम गर्नेहरू हेरिरहनेछ्न्
म ओर्लिहिडेको क्षितिज

कमसेकम !
सँगै भएर सधै सधै टाढा हुनु भन्दा
सधै सधै टाढा रहेर सँगै हुनुको मज्जा
देउरालीमा कसैले देउता बनाएको पत्थर हुनुभन्दा
कयौं गुणा अन्तर होला र ?

होस् न त ! पर्वतै हुनु परेछ भनेनी
या सागरै हुनुपरेछ भनेनी
छातिभरी भरी गुराँस फुलाउदा
र हजारौं दुख लुकाई मुस्कुराउदा के होला र ?

तिमीले फूल फूल मुस्कुराउनु
र म काँढा काँढा हुनुमा
तिमीले आँखा आँखा हेर्नू
र म पानी पानी भै खस्नुमा
सायदै कोसौ कोसको फरक होला ?

धेरै धेरै यसैगरी सँगै हुनुसँग
बरु जीवन बाँच्न सकिन्छ कि ?
तर
एकाबिहानै आज तिमीले
दैलोमा टेकेर त्यो रुमाल छोडी गएदेखी
सोचे यसरी टाढा टाढा भएर
सधै सधै कहाँ बाँच्न सकिएला र ?

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस