भीड

bool(false)

सहरको भीडमा मलाई
जन्ती र मलामी उस्तैउस्तै लाग्छ

जन्ती र मलामी हिँड्ने बाटो एउटै छ
मन्दिर र घाट सँगसँगै छन्
मानिस र मृत्यु सँगसँगै छन्
एउटा पहाडी थुुम्कोमा बसेर हेर्छु आर्यघाटतिर
लाखबत्ती र लासको धुवाँ उस्तैउस्तै लाग्छ
महाराज र भिखारीको ओछ्यान फरकफरक भए पनि
चिता त उस्तैउस्तै लाग्छ

सहरको भीडमा मलाई
बगरे र जल्लाद उस्तैउस्तै लाग्छ
जन्ती र मलामी उस्तैउस्तै लाग्छ


(विशेष साहित्य :लेखकले सेतो धर्तीका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस